लुक्लामा हेलिकोप्टर दुर्घटना, ३ घाइते ,क्याप्टेन दावा शेर्पाको अवस्था गम्भिर (अपडेट)


सोलुखुम्बु, १० असोज । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहान एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट लुक्लाको लागी उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको हो ।



दुर्घटनामा परी हेलिकप्टरमा सवार चार जना मध्य हेलिकोप्टरका क्याप्टेन दावा गेलु शेर्पाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने समान्य घाइते भएका छन् । हेलिकप्टर अवतरण गर्नेक्रममा विमानस्थल सुरक्षार्थ घेरिएको तारमा हेलिकोप्टरको पंखा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका दावालाई उपचारको लागी अर्को हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।


0 comments

Write Down Your Responses