तपाईलाई विवाह गर्न मन लागेको कसरी थाहा पाउने ?


विवाह जीवनको निकै ठूलो निर्णय हो । यसका लागी धेरै नै सोच विचार गरेर मात्र निर्णय लिनु राम्रो हुन्छ । विवाहले तपाईको पुरै जीवन परिवर्तन गर्ने हुनाले तपाईले यसका लागी धेरै समय लिनुपर्ने हुन्छ भने सोचाई, जीवनसाथी चुन्ने प्रक्रियालाई पनि निकै ध्यान दिनुपर्ने हुन्छ ।



तपाईले आफूले विवाह गर्न चाहेको या नचाहेको भन्ने बारे पहिले निर्णय लिनु जरूरी हुन्छ । यसका लागी तपाईमा आएका केही परिवर्तन निकै महत्वपूर्ण हुन्छ । विवाह गर्नका लागि तयार रहेको या नरहेको विषयमा थाहा पाएपछी मात्र तपाईले आफूले आफ्नो नयाँ जीवन सुरूवात गर्न सक्नुहुनेछ । यसका लागि केही टिप्सहरू यहाँ प्रस्तुत गरिएको छः

तपाईले आफ्नो लागी योग्य जीवनसाथी भेट्नु भयोःयदी तपाईले आफ्नो आगामी जीवनमा आफूलाई जीवनभर साथ दिन सक्ने जीवनसाथी भेट्नुभयो भने पनि तपाई विवाहको लागी तयार हुनुभएको छ । मानिसले आफ्नो जीवन यही व्यक्तिसँग बिताउँछु भन्ने सोच राखेपछी उ विवाहका लागि तयार भएको मान्नु पर्छ ।

तपाई उक्त व्यक्तिसँग लामो समय बिताउनुहुन्छ भनेःआफ्नो धेरै समय आफूले छानेको जीवनसाथिसँग रहन चाहनुहुन्छ । सकेसम्म उसकै नजिकमा रहन चाहनुहुन्छ भने तपाईले विवाह गर्नु उपयुक्त हुन्छ । तर, त्यसका लागि दुवै जनामा एउटै खालको चाहना हुनु आवश्यक हुनुपर्छ । जीवनभर साथ जिउने भएपछी त्यहाँ ठूलो प्रतिबद्धता समेत गर्नुपर्ने हुन्छ यसका लागी तपाईले आफूले रोजेको जीवनसाथीसँग निकै नजिक रहेर केहि समय बिताउनु आवश्यक हुन्छ ।

यदी तपाई कसैको लागी राम्रो हुनुभयो भनेःयदी तपाईलाई कसैले आफ्नो जीवनसाथी स्विकार गर्न तयार छ र तपाईपनि उसलाई जीवनसाथि स्विकार गर्न तयार हुनुहुन्छ भने त्यस्तो अवस्थामा पनि तपाई विवाहका लागि तयार हुनुभएको मान्न सकिन्छ र विवाह गर्नपनि उपयुक्त हुन्छ ।

तपाईलाई भविष्यका लागी आफ्नो जीवनसाथी पाए जस्तो लागेःयदी तपाईलाई आफ्नो बाँकी जीवन बिताउनका लागि साथ दिन सक्ने जीवनसाथि भेट्टाएको विश्वास भए तपाईले विवाह गर्नु उपयुक्त हुन्छ । यदी तपाईमा म भन्दा पनि हामी भन्ने भावना बढी आउन थालेमा पनि तपाईले उसलाइ जीवन साथी रोज्नु भएको भन्ने बुझ्न सकिन्छ जसले तपाईको विवाह गर्ने उचित समय आएको जानकारी दिन्छ ।


0 comments

Write Down Your Responses