डलरको मूल्य १०८ रुपैयाँमा झर्‍यो


१३, भदौ, काठमाडौं । डलरको मूल्य बिहीबार केही ओर्लेको छ । बुधबारको तुलनामा आज भारतमा डलरको मूल्य १२० पैसेले घटेर ६७.६०भारुमा झरेको छ । यसको नेपाली रुपान्तरण १०८.१६ रुपैयाँ हुन्छ ।



हिजो भारतमा डलरको मूल्य ६८.७५ भारु अर्थात ११० नेरु पुगेको थियो । नेपालमा सार्वजनिक बिदा परेको कारण बैंकहरुले हिजो डलरको मूल्य तोकेका थिएनन् । आज नेपाली बैंकले १०८ रुपैयाँको हाराहारीमा बिक्री गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री मूल्य १०८.५० र खरिद मूल्य १०७.३६ रुपैयाँ तोकेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि हिजो तय गरेको अमेरिकी डलरको विनिमय दर आज विहानै संशोधन गरेको थियो । हिजो थोरै तोकेकोमा आज विहानै राष्ट्र बैंकले सच्चाउने निर्णय गरेको हो । आज केन्द्रीय बैंकले डलरको बिक्री मूल्य १०८.९० रुपैयाँ र खरिद मूल्य १०८.३० रुपैयाँ तय गरेको छ ।


0 comments

Write Down Your Responses