तलब खाइदिएपछी मुसालाई यस्तो अनौठो सजाय...(फोटोसहित) |


यदी तपाईले दुःख गरेर कमाएर ल्याएको तलब कसैले चोरे या च्यातेर फ्याकिदिए तपाई के गर्नुहुन्छ ? तपाईलाई रिस त पक्कै उठ्छ, र उसका विरूद्ध मुद्धा हाल्ने या सके कुट्ने सम्मको काम पनि गर्न सक्नुहुन्छ । तर, एक फिलिपिनी नागरिकले भने अचम्मको काम गरेका छन्, आफ्नो तलब खाने मुसालाई ती व्यक्तिले अनौठो सजाय दिएका छन् ।



फिलिपिन्सका एक व्यक्तिले दुःख गरेर काम गरेर ल्याएको तलब मुसाले खाएपछी ती व्यक्तिले उक्त मुसालाई समातेर पातलो डोरीले चार हात खुट्टा बाँधेर झुण्ड्याइदिएका थिए । उनले उक्त कामको तस्विर लिएर फेसबुकमा पोष्ट भएपछी केही जनावरको अधिकारका लागि लागेकाहरूले राम्रो नभएको बताएका छन् । यसरी मुसालाई दिएको सजाय फेसबुकमा उपलोड गरेपछी यो तस्विरले सामाजिक सञ्जालमा एउटा नयाँ खालको तरंग ल्याइदिएको छ।


0 comments

Write Down Your Responses