यो भिडियोले दिलायो इशानीलाई उपाधी...(भिडियोसहित) |


काठमाडौ । नेपालबाट मिस वर्ल्ड प्रतियोगिताका नेपालबाट प्रतिनिधित्व गरेकी मिस नेपाल इशानी श्रेष्ठले उक्त प्रतियोगितामा पहिलोपटक नेपाललाई उपाधी जिताउन सफल भएकी छिन् । उनले उपाधीका साथै उत्कृष्ट १० मा परेर नेपालको मिस वर्ल्ड यात्रामा नयाँ इतिहास समेत बनाएकी छिन् ।



उनले उक्त प्रतियोगितामा ब्युटी अफ द पर्पोज उपाधी जितेकी हुन् । उनले उक्त उपाधी एक भिडियोका कारण जितेकी हुन्, जसमा उनले जुम्लामा आफूले गर्न चाहेको स्वास्थ्य सम्बन्धी चेतना र दाँतको उपचारका विषयमा आफ्ना कुराहरू राखेकी थिइन् । उनले उक्त भिडियोमा आफूले जुम्लाका बासिन्दामा स्वस्थ खानाबारे जनचेतना जगाउने तथा दाँतको क्याम्प खडा गरेर उपचार गर्ने जस्ता विचार व्यक्त गरेकी थिइन् ।


,

0 comments

Write Down Your Responses