विजय गच्छदार दुईवटा बन्दूक बोकेर चुनाव लड्ने


६ असोज, बिराटनगर । सुनसरी र मोरंगका दुबै जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला लाइसेन्सवाला हतियारसमेत व्यक्तिले आफ्नो घरमा राख्न नपाइने उर्दी गरेको छ । चुनाव अवधिभरका लागि आफ्ना हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउन बिराटनगर र इनरुवास्थित जिल्ला प्रशानसनले उर्दी गरेका छन् ।



सुनसरी र मोरंगले मात्रै नभएर ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुले लाइसेन्सवाला हतियार बुझाउन आग्रह गरिसकेका छन् । तर, सिडियो कार्यालयले गरेको यस्तो आग्रह सर्वसाधारण त परै राखौं, पूर्वगृहमन्त्री समेत रहेका विजय गच्छदारको हकमा समेत लागू भएको छैन ।पूर्वगृहमन्त्रीको हिसावले पाउने प्रहरी सुरक्षा बाहेक नै गच्छदारका साथमा दुईवटा व्यक्तिगत राइफलहरु छन् । ती राइफल अहिलेसम्म गच्छदारले कुनै पनि जिल्ला प्रशासन कार्यालयमा बुझाउनुभएको छैन । गच्छदारले मन्त्रिपरिषद् सचिवालयलाई बुझाएको सम्पत्ति विवरणमा एउटा राइफल र एउटा बाह्र बोरको बन्दूक आफूसँग रहेको उल्लेख गर्दै हस्ताक्षर गर्नुभएको छ ।स्रोतका अनुसार जिल्ला प्रशासनले गरेको उर्दी अनुसार कसैले पनि मारंग जिल्ला प्रशासनमा हतियार बुझएका छैनन् ।

गच्छदारको गृहजिल्ला सुनसरीमा पनि अहिलेसम्म कसैले हतियार बुझाउन ल्याएका छैनन् । हतियार बुझाउने भन्दा माग्नेको भीड मोरङ जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाउनेहरु भन्दा पनि माग्न आउनेहरुको चलह-पहल देखिने गरेको स्रोत बताउँछ । मोरंग जिल्ला प्रशासन कार्यालयका एक भन्छन्,- ‘विगत द्वन्द्वकालमा प्रशासनले लिएका लाइसेन्सवाला हतियार सरकारले फिर्ता गरेको छैन, ती हतियार फिर्ता चाहियो भनेर माग्न थालिएको छ, हतियार फिर्ता गर्नेबारे केन्द्रबाटै निर्देशन नआई जिल्लाले मात्रै फिर्ता दिन सक्दैन ।’ गच्छदारले गृहमन्त्री हुँदा बुझाएको विवरण


0 comments

Write Down Your Responses