National News,
Videos
»
अधिकारी दम्पत्तिलाई अनशन तोड्न रेग्मीको आग्रह (भिडियोसहित)
अधिकारी दम्पत्तिलाई अनशन तोड्न रेग्मीको आग्रह (भिडियोसहित)
१३ भदौ, काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहीबार विहानै वीर अस्पताल पुगेर भेट गर्नुभएको छ । भेटमा रेग्मीले दोषीलाई राज्यले कानुनी कारवाही गर्ने आश्वासन दिँदै अनसन तोड्न आग्रह गर्नुभएको छ ।
जनयुद्धकालमा माओवादी कार्यकर्ताले आफ्ना छोराको हत्या गरेको र उनीहरुमाथि कारवाही नभएको भन्दै वयोवृद्ध नन्दलाल र गंगामाया अधिकारी लामो समयदेखि आमरण अनसनमा छन् । उनीहरुको अवस्था कमजोर भएपछि वीर अस्पतालमा राखिएको छ ।
‘घटनाका बारेमा अनुसन्धान र न्यायिक प्रक्रिया अगाडि बढेको छ, त्यसकारण तपाईहरुले अहिलेको स्थितिमा आफ्नो जीवन रक्षाको लागि खानेकुरा, औषधि खानोस्, त्यो महत्वपूर्ण हो ।’ रेग्मीले भन्नुभयो,-’राज्यले न्यायोचित हिसाबले कानुनी प्रक्रिया अगाडि बढाएको अवस्था छ, यो कुरामा आश्वस्त भएर अनसन अन्त्य गर्नोस् ।’
0 comments
Write Down Your Responses