पाँचथरको तिते माछा आकाश गर्जिन साथ बाहिर आउने। मानिसहरुको खोलमै बास।






तिते माछा सिकार गर्न खोला किनारमा बास

लक्ष्मी गौतम

फिदिम

पाँचथर जिल्लाका पुर्व र उत्तरमा पर्ने सिदिन, प्राङवुङ,मेमेङ,च्याङथापु र फलैंचाका बासिन्दा भदौ लागेपछि तिते माछाको सिकार गर्न साँझ नपर्दै खाना खाएर खोलाका किनारमा झर्छन । यी गाविस भएर बग्ने खोलामा पाइने तिते माछाको सिजन शुरु भएकाले उनीहरु साँझ पर्नासाथ माछा समात्न खोला किनारमा झर्ने गरेका हुन ।

फरक स्वाद, आकार र बिशेषताको तिते माछा प्राङबुङ र सिदिन गाविसलाई सिमाना छुट्याएर बग्ने मुवा, प्राङवुङ र मेमेङलाई सिमाना छुट्याउने हेंवा तथा च्याङथापु र फलैंचा नजिककैको इवा खोलामा मात्र पाइन्छ ।

बर्षको एक सिजन त्यो पनि भदौ महिनामा मात्र तिते माछा मारिन्छ । तिते माछा मार्ने क्रममा साबुन र बिष प्रयोग गर्दैनन । माछा पार्न चोयाबाट बुनिएको पासो प्रयोग गरिन्छ । तिते माछाले बर्षमा एक सिजन अर्थात भदौ महिनामा फुल पारेर सन्तान उत्पादन गर्छ । र् भदौमा तितेपाती नामको बनस्पती पनि फुल्दछ यहि सिजनमा आकाश गर्जिना साथ तिते माछाले फुल पारेर कुरवाट वाहिरिन्छ, मौका छोपेर त्यसै बखत पासो थापे एकै पटक एक क्विन्टलसम्म समात्न सकिन्छ ।”– प्राङवुङ ४ का कुलमान राई भन्छन ।

भदौ महिना,तितेपाती फुलेको सिजन र त्यो पनि रातको समयमा फुल पारेर निस्कने भएकाले यो प्रजातीको माछालाई तितेमाछा नामाकरण गरिएको स्थानीय वताँउछन । यो माछा आकाश गर्जनासाथ समूहमै निस्कने हुनाले खोला किनार नजिकैे ओडारमा बास बसेर पासोमा पार्नु पर्र्नेे भएकाले सम्साँझै खाना खाएर खोला किनारमा जानको विकल्प नभएको स्थानीय वताँउछन ।

तिते माछाले फुल पार्ने सिजनलाई स्थानीय भाषामा ‘माछा फुल्ने सिजन’ भनिन्छ । एक सिजनमा लापर्वाही पूर्ण मारियो भने अर्को बर्षदेखि माछा लोप हुने भएकाले सावुन र विषादी प्रयोग नगरिने राई वताँउछन ।

तिते माछा फुल पार्न एक ठाउ“देखि अन्यत्र जा“दैन । अघिल्लो बर्ष आफू जहा“ जन्मेको हो, त्यहा“ मात्र फुल पार्ने यसको स्वभाव हुन्छ । अघिल्लो बर्ष माउले जहा“ फुल पारेको हुन्छ, अर्को बर्ष त्यही ठाउ“ बारेर गाउ“लेले कुर (गुँड) बनाइदिन्छन् । अघिल्लो वर्ष हुर्केको भुरा वयस्क भएपछि सरासर आएर पुरानै ठाँउमा फुल पार्छ । फुल पारेर खोलातिर फर्कने क्रममा त्यसलाई समातिन्छ ।

तिते माछा समूहमै निस्कने भएकाले यस्को तौल मुरी (२० पाथी) मा लिइन्छ । एउटा कुरवाट बर्षमा पा“चदेखि सात मुरी सम्म माछा पर्ने भएकाले गाँउलेहरु रातारात यस्को खोजीमा खोला किनारमा हुन्छन । अरु माछा भन्दा बोधो हुने भएकाले पनि यस्को सिकार गर्न मानिसलाई गाह«ो हुँदैन । माछाभन्दा भिन्नै साइज र श्वाद हुने भएकाले आफन्तकोमा कोसेली पठाउने चलन छ । इवा र मेवा खोलामा तिते माछा मार्न गाविसले ठेक्का नै लगाउने गर्छ । यो माछाको अचार, भुटुवा र झोल जेसुकै वनाएर खाए फरक नपर्ने फलैंचाका मचिन्द्र बेघा वताँउछन । बेघाका अनुसार स्थानीय वासिन्दाले यो माछाको माग काठमाण्डौ,सिंहापुर र हङकङसम्मवाट आँउछ । भदौमा समातिएको तिते माछा सुकुटी बनाएर बाह«ैमास प्रयोग गरिन्छ ।




0 comments

Write Down Your Responses