छाला देखाउदैमा कोही सेक्सी हुदैन, म सेक्सी छु : वेनिशा हमाल -
|
पछिल्लो समय नेपाली सिनेमामा प्रवेश गर्ने धेरै जसो नायिका अंगप्रदर्शनलाई चर्चामा आउने माध्यम बनाइरहेका छन् । चलचित्रमा टिक्नकै लागि जस्तोसुकै दृश्य दिनेहरुको पनि यहाँ कमी छैन ।
तर ‘स्वर’ डेब्यू नायिका बेनिशा हमाल भने छाला देखाउँदैमा कोही सेक्सी नहुने तर्क गर्छिन् । तपाई मान्नुहुन्छ अंगप्रदर्शन गर्दैमा सेक्सी भइन्छ भन्ने प्रश्नमा बेनिशाले छाला देखाएर नभई आफ्नो प्रस्तुतीले यस्तो छवि बन्ने बताइन् । ‘छाला देखाउनु सेक्सी हुनु होइन, तपाई कस्तो खालको व्यवहार गर्नुहुन्छ त्यसमा तपाई कस्तो मानिस भन्ने भर पर्छ’, वेनिशाले भनिन् ।

उनले आफूलाई सेक्सी नायिकाको उपाधी दिन पछि परिनन् । भनिन्, ‘म छाला देखाएर होइन मेरो व्यवहारका कारण सेक्सी छु ।’ उनले हाल आफ्नो प्रेमि नभएको बताउदै केही समय अघि प्रेम छुटेको बताइन् । वेनिशाले एउटा पिताले जसरी छोरीको सुरक्षा गर्छ त्यसरी नै एउटा श्रीमानले पनि आफ्नो श्रीमतीको सुरक्षा गर्न सक्नु पर्ने बताइन् । सुन्दर नायिकाले तत्काल बिहे गर्ने योजना नभएको बताइन् ।
|
0 comments
Write Down Your Responses