आमालाई नै थाहा छैन बाबुको पहिचान, सन्तानको विचल्ली


१३ भदौं, काठमाण्डौं । एक वर्षकी सलोनीको घर कहाँ हो ? कसैलाई थाहा छैन । घर मात्रै होइन, उनको बाबु र थरसमेत कसैलाई जानकारी छैन् । उनलाई जन्म दिने आमासमेत यी सबै कुराबाट बेखबर छिन् । आमालाई समेत केही जानकारी नभएपछि उनी पहिचानबिहीन बनेकी हुन् ।



पाँच महिने बालिका वृष्टिको अवस्था पनि यस्तै छ । कोसिस नेपालकी मनोसामाजिक परामर्शकर्ता लीला खनालको काखमा खेल्दै गरेकी वृष्टिको न घर ठेगान छ न त उनका बाबुको पहिचान नै ।

कोसिस नेपालले सडकमै रहँदाको बखत आमा र बच्चा दुवैलाई उद्दार गरी आशाको घरमा ल्याएको हो । त्यसरी नै ल्याइएकी अर्की बालिका हुन्, सृष्टि । एक महिनाअघि ल्याइएकी सृष्टिको पनि हालसम्म पहिचान हुन सकेको छैन् । उनको बाबुको ठेगाना र घर अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।

मानसिक सन्तुलन गुमाएर सडकमै जिन्दगीसँग पौठेजोरी खेलिरहेका महिलाबाट अबैध रुपमा जन्मिएका यी तीन बालिका त उदाहरण मात्र हुन् । यसरी जन्मिउका बालबालिकाहरुको यकिन तथ्यांक हालसम्म हुन नसकेको कोसिस नेपालका अध्यक्ष मातृका देवकोटा बताउँछन् । कोसिस नेपालले मानसिक सन्तुलन गुमाएका महिलाहरुलाई परामर्श तथा पुनःस्थापना गर्दै आएको राजधानी दैनिकमा खबर छ ।


0 comments

Write Down Your Responses