शिक्षकले गरे ३ वर्षमा होस्टेल बसेका १४ छात्राको बलात्कार


१२ भदौ, काठमाडौ । भारतको अरूणाचल प्रदेशमा एउटा विद्यालयका होस्टेल वार्डेनले उक्त स्कुलमा पढ्ने १४ नाबालिग छात्राहरूको बलात्कार गरेको घटना खुलासा भएको छ ।



करिब ३ वर्षमा ती वार्डेनले १४ छात्राको बलात्कार सार्वजनिक भएपछी उक्त स्कुलमा हंगामा नै मच्चिएको छ । यो घटना तब सामुन्ने आएको थियो जब, केही छात्राहरूले आफूमाथी बलात्कार भएको खबर प्रहरीलाई गरेका थिए । छानविनका क्रममा प्रहरीले बलात्कारमा पर्ने सबै छात्रा नाबालिग र करिब ३ वर्षदेखी १३ वर्षभित्रका रहेका छन् ।

यो घटना सामुन्ने आएपछी स्थानीय बासीले प्रहरी थाना घेराऊ गरी ती होस्टेल वार्डेनलाई शिघ्र पक्राउ गर्नुपर्ने माग राखेका थिए । प्रहरीले पनि होस्टेल वार्डेन र एक अर्का शिक्षकलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै, स्कुलका प्रध्यानाध्यापक र अन्य दुई कर्मचारीमाथी पनि छानविन सुरू गरेको छ ।


0 comments

Write Down Your Responses