सरकारी उच्च टोली अधिकारी दम्पत्तीलाई भेट्दै अनसन तोडाउने प्रयास
|
काठमाडौ, भाद्र ४ - लामो समयदेखि अनसनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीसँग शुक्रबार सकारी उच्च टोलीले भेट्दैछ । केही मन्त्री, मुख्य सचिव र सचिव सहितको टोलीले अधिकारी दम्पत्तीलाई अनसन तोड्न आग्रह गर्नेछ ।
टोली अपरान्ह १ बजे वीर अस्पताल जाने कार्यक्रम छ । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ती लामो समयदेखि अनसनमा छन् । उनीहरुलाई वीर अस्पतालमा भर्ना गरिएपनि अनसन तोडेका छैनन् । दुवै जनाको स्वास्थ्य अत्यन्तै खस्केको छ । ०६१ जेठ २४ मा माओवादी कार्यकर्ताले अपहरण गरी १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको थिए । राष्ट्रिय मानव अधिकार आयोग र अधिकारकर्मीहरुको दावबमा सरकारले चितवन प्रहरीलाई घट्नाको अनसन्धान थाल्न निर्देशन दिएको छ ।
|
0 comments
Write Down Your Responses