प्रहरीकै हाकिम मापसे कारबाहीमा
|
२२ भदौ, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रहरीका सिनियर अधिकारी नै कारबाहीमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एकजना एसपी कारबाहीमा परेका हुन् ।

दुवैजनाले क्लास नलिन र लाइसेन्समा प्वाल नपार्न सोर्सफोर्स लगाएपछि एसपी भएको खुलेको थियो । ‘तर, सिस्टमको अगाडी सोर्सफोर्स चलेन,’ महाशाखाका एक अधिकारीले भने । ट्राफिक महाशकाखाले मापसे चेकिङ सुरु गरेयता एक लाख चालक कारबाहीमा परिसकेका छन् । त्यसमध्ये ७० हजारको त लाइसेन्स नै प्वाल पारिएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय प्रहरी अधिकारी नै मापसे चेकिङमा परेको भन्दै महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘उनीहरुलाई क्लास नै लिन लगायौं र लाइसेन्समा पनि प्वाल पार्र्यौ ।’
|
0 comments
Write Down Your Responses