स्थानीयबासी र बन्दकर्ताबीच कलंकीमा झडप


२२ भदौ, काठमाण्डौं । बन्द आह्वान गर्दै हिडेका एकीकृत नेकपा माओवादीका कार्यकर्ता र स्थानीय बासिन्दाबीच काठमाण्डौंको कलंकीमा झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । बन्द आह्वान गर्दै गएका एमाओवादीका एक कार्यकर्ताको टाउको फुटेको छ भने एक स्थानीयबासी पनि घाइते भएका छन् ।
अहिले प्रहरीले आक्रोशित भिडलाई तितरवितर पारेको भएपनि स्थिति तनावग्रस्त रहेको छ । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा एमाओवादीका कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एमाओवादीले बन्द आह्वान गरेको हो ।


0 comments

Write Down Your Responses