एमाओवादीको उपत्यका बन्द फिर्ता
२२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले कार्यकर्ता हत्याको विरोधमा आयोजना गरेको काठमाण्डौं, चितवन र गोरखा बन्द फिर्ता लिएको छ । तीजको दिन पारेर गरिएको बन्द घोषणा प्रति सर्वत्र निन्दा हुन थालेपछि माओवादी नेताहरुले मध्यान्ह १२ बजेदेखि बन्द फिर्ताको घोषणा गरेका हुन् । ‘महिलाहरुको महान पर्व तीज परेकाले उहाँहरुको आग्रह अनुसार बन्द फिर्ता लिने निर्णय गरिएको हो,’ एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाईनखबरलाई भन्नुभयो, ‘कार्यकर्ता पक्राउको विरोधमा संघर्षका कार्यक्रम भने जारी रहनेछन् ।’ जनतालाई कुनै पूर्वसूचना नदिई एकीकृत माओवादीले अकस्मात् काठमाडौं, गोरखा र चितवन बन्दको घोषणा गरेपछि शनिबार बिहानैदेखि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए । चाडको बेलामा अकस्मात गरिएको बन्दप्रति जनतामा तिब्र असन्तुष्टि बढेपछि एमाओवादी नेताहरू केही घण्टापछि नै बन्द फिर्ता लिने निर्णय गर्न बाध्य भएका हुन् । बन्द फिर्ता गराउन उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालाले समेत एमाओवादी नेताहरुसँग छलफल गर्नुभएको थियो । बन्दका क्रममा कलंकी र प्रदर्शनी मार्गलगायतका स्थानमा एमाओवादी कार्यकर्ताले स्थानीयबासी र प्रहरीको पिटार्इसमेत खाएका थिए । -
0 comments
Write Down Your Responses