पञ्चबलिमात्र हैन, उद्‌घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ


साफ च्याम्पियनसिपमा भाग्यले नठगोस् र दशा टरोस् भनेर एन्फाले मध्यरात दशरथ रङ्गशालाको उत्तरी भागमा पञ्चबलि दिएको खबरले धेरै जना छक्क परेको देखियो। पञ्चबलि अर्थात् भेडा, बोका, हाँस, कुखुरा र अन्डाको भोग। दशा टार्नलाई गरिएको यो कामबाहेक हरेक जस्तो महत्त्वपूर्ण प्रतियोगिताको उद्‌घाटन खेल अगाडि दुईतिरैको गोलपोस्ट र खेल सुरु हुनुअगाडि बल जहाँ राखिन्छ, त्यहाँ कुखरा काटिन्छ भन्ने चाहिँ धेरैले थाहा नपाएको झैँ देखियो। खेलाडी र खेलका फोटो मात्र हैन खेलपछाडिका फोटोहरु पनि खिच्न खप्पिस फोटो पत्रकार विकास कार्कीले यसबारे फोटो फिचरै एक पटक छापिसकेका थिए। तर यो पञ्चबलिको जस्तो त्यतिबेला खासै चर्चा भएको थिएन।


मैदानमा कुखुरा बलि चढाउँदै। फोटोः विकास कार्की
यी फोटो चार वर्षअघि कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय फुटबलको उद्‌घाटन खेल हुँदाताकाको हो। उदघाटन खेलअघि मैदानको बीच भाग र दुवैतर्फका गोलपोस्टमा कुखुरा बलि दिने चलन रहेछ। त्यतिबेला भने खेल सुरु हुने समय भइसक्दा पनि कुखुरा आइपुगेन। लौ परेन फसाद्। तर परम्परा कहाँ तोडिन्थ्यो र ? पहिलो खेल सकिएपछि दोस्रो खेल केही समय रोकेर भए पनि एन्फा अधिकारीहरुले बलि दिएरै छाडे।mysansar


,

0 comments

Write Down Your Responses