यस्तो रह्यो माग्ने र धुर्मुशको मिलन...(भिडियो सहित) |


आपसी झगडाले ‘मेरी बास्सै’मा एकैसाथ नदेखिएका भनिएका सिताराम कट्टेल ‘धुर्मुश’ र केदार घिमिरे ‘माग्ने बुढा’लाई धेरैपछि दर्शकले एकैसाथ देख्ने मौका पाए । मंगलबारको 'मेरी बास्सै'मा यी दुई जोडी एक-आपसको संवादमा देखिएका हुन् ।



धुर्मुश र माग्ने बुढा मात्रै हैन पुरै टिम नै बर्षदिनपछि श्रृखंलामा एकसाथ देखिएका हुन् । बोलचान नै बन्द भएको र सँगै सुटिङ्ग गर्न नसकेको गुनासोलाई मंगलबारको श्रृखंलाले तोडेको छ । माग्ने बुढा, धुर्मुश, राजु मास्टर, बल्छि धुर्वे, सुन्तली, मैयालगायतको अभिनय एउटै फ्रेममा दर्शकले देख्न पाएका थिए ।

यी पात्रलाई सँगै देखेपछि धेरै प्रतिक्रिया आएको सिताराम कट्टेलले बताए । कट्टेल भन्छन्, ‘हामीबीच कुनै प्रकारको मनमुटाव थिएन र छैन तर, दर्शकमा नराम्रो सन्देश गइरहेको थियो हामी दुईले सँगै सुटिङ्ग गरेपछि त्यो शंका हटेको छ ।’ मुस्कान पासा, फतौरी बुढी, दाह्री बा, खड्का जी, लगायतका नयाँ भूमिकामा रहेका पात्रहरू समेत माग्ने बुढाको टोलीसँग अभिनयमा देखिएका थिए ।

देश विदेशको कार्यक्रम र माग्ने र धुर्मुशका फरक कथा भएकाले सुटिङ्ग एकैसाथ गर्न नसकिएको सितारामको तर्क छ । सिताराम भन्छन्, ‘केदारजीसँग मेरो कुनै गुनासो छैन हल्ला मात्रै धेरै भएको हो, हामी कारोबार समेत एउटै चेकबाट गर्दै आएका छौं ।’ हल्ला मेटाउनकै लागि पनि बषैदिनपछि सँगै काम गरेको उनको तर्क छ । स्मरण रहोस् गएका दुई बर्षका गाइजात्रा छुट्टाछुट्टै प्रहशन गरेका यो जोडीले अहिले मिलेर गरेका छन् ।

हेरौ दुई टोली एकसाथ पर्दामा रहेको भिडियो...



,

0 comments

Write Down Your Responses