धादिङ क्षेत्र नं २ बाट चुनावमा लड्छुः पत्रकार ऋषी धमला |


सधैं चर्चामा आईरहने पत्रकार ऋषी धमला आगामी संविधानसभा निर्वाचनमा धादिङबाट प्रत्यक्षतर्फ उम्मेदबार बन्ने प्रयासमा छन् । उनले नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको टिकट लिएर चुनावमा होमिने तयारी समेत गरेका छन् ।


समानुपातिकका लागि चर्चा भएपनि उनले भने प्रत्यक्षबाटै चुनाव लड्ने घोषणा गरे । प्रस्तुत छ, उनै चर्चित पत्रकार धमलासँग नेपालीडेडलाईन्स डट कमले गरेको कुराकानीः

आगामी संविधानसभा चुनाव लड्दै हुनुहुन्छ रे हो ?

- हो । धादिङ क्षेत्र नं २ बाट आगामी चुनावमा लड्दै छु ।

कुन पार्टीबाट चुनाव लड्नुहुन्छ ?

- नेपाली कांग्रेसबाटै चुनाव लड्ने हो । म पहिले देखि नै यहि पृष्ठभुमिको मान्छे हुँ ।

तपाईलाई कांग्रेसले प्रत्यक्षमा टिकट देला र ?

- म तयार भएँ भने कांग्रेसले टिकट दिन्छ । जिल्लादेखि केन्द्रीय स्तरका नेतासम्म टिकट दिन तयार छन् । अब लगातार रूपमा धादिङ जाँदैछु ।

दैनिक जानुहुन्छ ?

- बेलुका बस्न अब धादिङ नै जान्छु । दिउँसोमा केही समय काठमाडौंमा आउछु । कार्यकर्ता र त्यहाँका जनतासँग नजिक हुने कोशिसमा छु ।

त्यो क्षेत्रबाट चुनाव जित्नुहुन्छ ?

- अहिले त्यो क्षेत्रमा नयाँ पुस्ताको आवश्यकता छ । कांग्रेसमा साझा नयाँ युवा चाहिएको छ । जनता विकासप्रेमी छन् । उनीहरूले म जस्तै उम्मेदबार चाहेका छन् । त्यसैले मैले चुनाव जित्छु ।
source:नेपालीडेडलाईन्स 


0 comments

Write Down Your Responses