अनौठो चिडियाखाना ! मानिस पिजँडामा सिंह बाहिर...(फोटोसहित) |


हामीले प्राय चिडियाखानामा विभिन्न जनावरहरु राखिएको देखेका छौ । कतिपय चिडियाखाना घुमेर हामीले त्यहाँ रहेका जिवजन्तु हेर्ने काम पनि गरेकै छौ । तर, ती सबै जनावरलाइ एक निश्चित क्षेत्रमा मात्र घुम्न दिइन्छ । उनीहरूलाई निश्चित सिमा भित्र राखिन्छ ।



तर, न्युजिल्याण्ड ओराना वाइल्ड लाइफ पार्क नामको एउटा यस्तो चिडियाखाना छ जहाँ जनावर खुला रूपले जहाँ पनि जान पाउँछ । यस्तै, चिडियाखानामा रहेका जनावरहरू हेर्नका लागि भने मानिसले निकै रमाईलो कार्य गर्नुपर्छ । अन्य चिडियाखानामा जनावरलाई निश्चित घेरामा या पिजँडामा राखिन्छ तर उक्त चिडियाखानामा भने मानिसलाई पिजँडामा राखिन्छ ।

उक्त पिजँडामा रहेर तपाईले अन्य कुनै चिडियाखानामा नगरेको काम समेत गर्न पाउनुहुन्छ । उक्त चिडियाखानाको पिजँडामा रहेर सिंहलाई आफ्नै हातले मासु खुवाउन सक्नुहुन्छ । यसका लागी तपाईले त्यहाको १५ रुपैयाँ तिर्नुपर्नेहुन्छ ।


0 comments

Write Down Your Responses