डाक्टर आफैँ मानसिक रोगी


४ असोज, काठमाण्डौं । २५ वर्षअघि मानसिक रुपमा अस्वस्थ भएकी डाक्टर अरुणा उप्रेतीले आफूलाई के भएको पत्ता लगाउनै सकिनन् । त्यतिबेला उनलाई खान मन नलाग्ने, परिवारका सदस्यसँग बोल्न मन नलाग्ने, श्रीमानसँग झगडा गरिरहने लगायत समस्या थियो । कसै गर्दा पनि ठीक नभएपछि धामीझाँक्रीकहाँ गएर बुटीसमेत बाँधिन । ‘एकजना बैद्यले फुकेर खरानी दिए,’ उनले भनिन् ‘महिनादिनसम्म पानी खाएँ, तर केही सुधार भएन् ।’



उनका श्रीमान मानसिक स्वास्थ्य विशेषज्ञ विश्ववन्धु शर्माले डिप्रेसनको औषधि खान सल्लाह दिएका थिए । ‘मलाई पागल भन्ने भनेर श्रीमानसँगै झगडा गरें ।’ एक कार्यक्रममा आफू पहिले मानसिक समस्यामा परेको उल्लेख गर्दै उनले भनिन्, ‘त्यसपछि जाँच गराउँदा छ महिनासम्म डिप्रेसनको औषधि खानुपर्‍र्यो पछि पूरै ठीक भयो ।’

उनका अनुसार कतिबेला मानसिक समस्या सुरु हुन्छ भन्ने थाहै हुँदैन । विशेषगरी बच्चा जन्मिसकेपछि महिलामा कुनै न कुनै किसिमको मानसिक समस्या हुने गरेको छ । कतिपयले त्यो समस्या थाहौ पाउँदैनन भने कतिपय महिलाले नभनेरै केही समयपछि ठीक हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘म बच्चा जन्मेपछि मानसिक समस्यामा परे पनि २५ वर्षपछि भने साहस गरें ।’

विश्व स्वास्थ्य संगठन गरेको अध्ययन अनुसार नेपालको १५ प्रतिशत जनसंख्या विभिन्न खाले मानसिक समस्याबाट ग्रसित रहेको छ ।


0 comments

Write Down Your Responses