माधव नेपाल फेरी पराजित हुन्छन् – प्रचण्ड
काठमाडौँ, २० असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल फेरी काठमाण्डौ क्षेत्र नम्बर २ बाट पराजित हुने ठोकुवा गरेका छन् ।
पार्टी कार्यलय पेरीसडाडामा आज आयोजित कार्यक्रममा प्रचण्डले माधव कुमार नेपाल फेरी २ नम्बर क्षेत्रवाट पराजित हुने ठोकुवा गरेका हुन् ।
गत संविधानसभाको निर्वाचनमा झक्कु सुबेदीले जसरी माधव कुमारलाइ हराएका थिए यस पटक झन बढी मत ल्याएर लिलामणी पोखरेल बिजयी हुनुहुनेछ, प्रचण्डले भने । एकीकृत माओवादीलाइ बिजयी गराउन जनताहरु आतुर भएको उनले बताए ।
माओवादीलाइ जिताउन जनताहरु अभियान स्वरुप नै पार्टी प्रवेश गर्ने लहरमा जुटेको उनकाम भइरहेको उनको भनाइ थियो । परिवर्तनका पक्षधरहरुलाइ दुइ तिहाइ मत दिलाउन पनि उनले सबैसँग आग्रह गरे । आगामी संविधानसभा निर्वाचन दोस्रो मात्र नभएर अन्तिम पनि भएको उनको भनाइ थियो ।
0 comments
Write Down Your Responses