Health
»
पार्टनरसंगै भएको महशुस गराउने बिशेष सिरानी
पार्टनरसंगै भएको महशुस गराउने बिशेष सिरानी
यदि तपाई आफ्नो पार्टनर देखि टाढा हुनु हुन्छ । तपाई आफ्नौ पार्टनरसंगै भएको महशुस गर्न चाहानु हुन्छ ? चाहानु हुन्छ भने अव तपाईले एउटा बिशेष सिरानी खरिद गर्नु पर्ने हुन्छ । अब बजारमा अत्याधुनिक सिरानी आईसकेको छ, जसले तपाईलाई आफ्नो पार्टनर सँगै भएको महसुस गराउदछ ।
युकेको एक कम्पनिले बनाएको सिरानी जसले टाढा रहेका साथी अथवा पार्टनर आँफुसँगै भएको महसुस गराउने दावी गरिएको छ । तर त्यसका लागी दुवै जनासँग यो सिरानी भने हुनु जरुरी हुन्छ ।
उक्त कम्पनीले बताए अनुसार दुवै पार्टनरले आफ्नो यो अत्याधुनिक सिरानीलाई ईन्टरनेटको माध्यमबाट कनेक्ट गर्नु पर्ने हुन्छ । यति गरेपछि जब तपाईले सो सिरानी माथि टाउको राखेर सुत्नु हुन्छ, त्यो खबर तपाईको अर्को साथीले उत्ति खेरै पाउनेछ । उक्त सिरानीमा पार्टनरले टाउको राख्ने बित्तिकै पार्टनरको सिरानीमा स्वतः लाईट बल्ने र पार्टनर सुतेको थाहा हुन्छ ।
त्यस्तै सिरानीबाट आफ्नो पार्टनरको धड्कन समेत सुन्न सकिने उक्त कम्पनीले जनाएको छ । त्यसका लागी दुबै पार्टनरले एउटा सानो रिस्ट ब्यान्ड आफ्नो औँलामा लगाउनु पर्ने हुन्छ । जसले एक पार्टनरकोे धड्कन दोस्रो पार्टनर सम्म पु¥याउनेछ ।
0 comments
Write Down Your Responses