‘ग्राण्ड मस्ति’मा मस्तिसँग हाँस्दा हलमै दर्शकको मृत्यु
|
अघिल्लो साता मात्रै रिलिज भएको बलिउड चलचित्र ‘ग्राण्ड मस्ति’ हेर्न हलमा पुगेका एकजना दर्शकको मृत्यु भएको छ । भारत मुम्बईका २२ वर्षीय मंगेश भोगल उक्त चलचित्र हेरेर हाँस्दा हाँस्दै ढलेका थिए र पछि उनको मृत्यु भएको हो ।
आफ्नी प्रेमीका संग फिल्म हेर्न हलमा पुगेका उनलाई हाँस्दा हाँस्दै ढलेपछि उनका साथीहरुले उनलाई तत्काल अस्पताल पुर्याए पनि डाक्टरहरुले उनको मृत्यु भइसकेको जनाएका थिए । उनको मृत्युवारे हाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बढी अश्लील भएको भन्दै उक्त चलचित्रलाई नेपालमा भने सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको थियो ।
|
0 comments
Write Down Your Responses