कोरिया भाषा परिक्षाको केन्द्र तोकियो
|
काठमाडौ, असोज ९ ।
असोज २० र २१ गते हुने कोरियाली भाषा परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको छ । काठमाडौ, धरान र बुटवलबाट फाराम संकलन गरेपनि परीक्षा भने काठमाडौमा मात्रै हुने इ.पि.एस शाखा ललितपुर ग्वार्कोले जनाएको छ ।
परीक्षाका लागि साढे ८ बजेदेखि पहिलो चरण र दोस्रो चरण दिउँसो १ बजेका लागि तोकिएको छ । परीक्षाकालागि काठमाडौ र ललितपुरका विभिन्न १७ वटा निजी विद्यालयमा केन्द्र निर्धारण गरिएको ईपिएस शाखाले जनाएको छ । कोरिया जानका लागि करिब ४८ हजार युवाहरुले फाराम भरेका थिए ।
|
0 comments
Write Down Your Responses