भरिएन कुलेखानी, घट्दैन लोडसेडिङ


६ असोज, काठमाण्डौ । देशको एकमात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोबरमा पानी नभरिएपछि यो वर्ष पनि हिउँदमा लोडसेडिङ नघट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउन ल्याएको योजना पनि कुलेखानीकै कारण प्रभावित हुने भएको छ । जलाशय आसपासका क्षेत्रमा यो वर्ष पर्याप्त वर्षा नभएपछि खोलामा पानीको सतह सीमाभन्दा ५ मिटर तल छ ।
यो आयोजनाले विद्युत आपूर्तीलार्इ सन्तुलनमा राख्दै आएको छ । अघिल्ला २ वर्ष आयोजनको जलशाय भरिएको थियो । प्राधिकरणले भारतवाट थप विद्युत आयात, विराटनगर र हेटौँडाका तापीय प्लान्ट सञ्चालन तथा कुलेखानी जलाशयको अवस्थाका आधारमा मूल्यांकन गरी यो हिउँदमा दैनिक १२ देखि १४ घण्टासम्म लोडसेडिङ कायम राख्ने योजना बनाएको छ ।
कुलेखानी जलाशयमा पानी नभरिएपछि लोडसेडिङ नियन्त्रण गर्न उसलाई समस्या पर्नेछ । यो वर्ष विद्युतको माग बढेर १ हजार २ सय ७१ मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ । वारि्षक साढे ८ प्रतिशतका दरले विद्युतको माग बढ्ने गरेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।


0 comments

Write Down Your Responses