स्तनपान गर्दा ८ महिने बालकको मृत्यु, हत्याको आरोपमा आमा पक्राउ |


२६ भदौ, काठमाडौ । आमाको दुध बच्चाको लागी अमृत समान मानिन्छ । तर, क्यालिफोर्नियाकी एक आमाको दुध खाँदा उनको ८ महिनाको छोराको ज्यान गएको छ । सुन्दा अचम्म लाग्ने घटनामा साराह एन स्टीफन नामकी एक महिलालाई छोराको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।



साराहले आफ्नो ८ महिने छोरालाई स्तनपान गराइरहेकी थिइन्, सोही समयमा उनको उक्त ८ महिने बालकको मृत्यु भएको थियो । आमाको दुध खाँदा बच्चाको कसरी मृत्यु भयो भन्ने अनुसन्धानका क्रममा के पत्ता लाग्यो भने साराह अत्याधिक ड्रग्सको प्रयोग गर्थिन् । उक्त ड्रग्स उनको शरिरको पुरै भागमा फैलिसकेको थियो ।

यसरी आफ्नो शरिरमा ड्रग्स फैलिएको छ छोरालाई खुवाउँदा छोराको ज्यान जान सक्ने थाहा पनि थियो साराहलाई । तरपनि उनले छोरालाई स्तनपान गराइन् र छोराको ज्यान गयो । यसकारण उनलाई छोराको हत्याको आरोपमा पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।


0 comments

Write Down Your Responses