उडिरहेको विमानका चालकलाई हृदयघात भएपछि…


एजेन्सी, १४ असोज । अमेरिकामा उडान भरिरहेको एक विमानका चालकलाई हृदयघात भएपछि विमानलाई आपतकालिन अवतरण गरिएको छ । यो घटना गत बिहिबारको हो । विमानलाई आपतकालिन अवतरण गराइएपनि अर्को विमानका चालकले यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याएका थिए ।



युनाइटेड एअरलाइन्सको यो विमानमा १ सय ६१ यात्री सवार थिए । यो विमान हस्टनबाट सिएटलतर्फ गइरहेको थियो । विमान चालकको अस्वस्था खराब भएको देखेपछि आपतकालिन अवतरण गर्नुअघि विमान चालकलाई प्राथमिक उपचार प्रदान गरेका थिए । केही सहज भएपछि विमान चालकले विमानलाई आपतकालिन अवतरण गरेका थिए ।

विमान अवतरणपछि अस्पताल लगिएका उनलाई हृदयघात भएको पाइएको थियो । ६३ वर्षीय विमानचालक हेनरी स्कलेमको अस्पतालमै मृत्यु भएको छ । २६ वर्षदेखि उनले विमान चालककको काम गर्दै आएका थिए । उक्त विमानमा दुईजना सैनिक चिकित्सक सवार रहेको समेत बताइएको छ ।


0 comments

Write Down Your Responses