भारतीय खसी थानकोटमा गाडियो
१४ असोज, काठमाडौं । दशैंको मौका पारेर राजधानीमा मरेका खसी बोका प्रवेश गर्न नदिन प्रहरीले सतर्कता अपनाउन थालेको छ । ट्रकमा हालेर बाहिरी जिल्लाबाट र भारतबाट समेत काठमाडौंमा खसी बोका भित्र्याउने क्रम बढेको छ ।
चितवन हुादै आइतबार विहान भारतबाट खसी बोका लिएर काठमाडौंको थानकोट आइपुगेको ठूलो ट्रकमा प्रहरीले तलासी लिएको थियो । सो क्रममा मरेको खसी भेटिएपछि प्रहरीले व्यवसायीलाई खाडल खनेर पुर्न लगाएको थियो ।

दशैं नजिकिादै गर्दा व्यापारीहरुलाई खसी बोका काठमाडौं भित्र्याउन भ्याइनभ्याइ छ । देशका विभिन्न ठाउाबाट मात्र नपुगेर भारतबाट खसीबोका र र चीन च्याङ्ग्रा ल्याउने गरेका छन् ।
यसरी आउने खसीबोका रोगी समेत हुने गरेको पशु स्वास्थ्य अधिकारीहरु बताउँछन् । यस्तो बेला रोगी खसीबोका समेत आउने गर्छ’ पशु सेवा विभागका प्रवक्ता नारायण घिमिरले अनलाइनखबरसाग भन्नुभयो ।
तर, यस्ता रोगी खसी बोका कतिपय बाटैमा समेत मर्ने गर्छन् । यस्ता खसी बोका काठमाडौं नभित्रिउन भनेर नागढंगा थानकोटमा चेकजााच हुने गरेको छ । स्वास्थ्य चिकित्सकहरुको टोली पनि खटिएको छ ।
बिहीबार मात्रै भारतबाट ल्याइएका खसीबोका मध्ये केहीको बाटैमा मृत्यु भएको छ । जसलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएर खाडल खनेर पुर्न लगाएको छ । ‘भारतबाट आएको ट्रकमा केही खसी बोका मरेको भेटिएपछि हामीले नियन्त्रणमा लिएका हौं’ नागढंगाका सई दीपकबाबु केसीले अनलाइनखबरसँग भन्नुभयो ।
उहाँका अनुसार मरेका खसीबोको स्वास्थ्य परीक्षण गरेर मुचुल्का बनाएर मात्रै पुर्ने गरिएको छ । पहिला स्वास्थ्य टोली नाकामा नहुने भएपछि पछिल्लो समय बर्ड फ्लु फैलिएपछि क्वारेन्टाइन टोली खटिएको छ ।
0 comments
Write Down Your Responses