राजेश हमाल चुनाव नलड्ने, निर शाह कांग्रेसमा जाने


नायक राजेश हमाल मंसिर ४ गते हुन लागेको संविधान सभाको चुनावमा उम्मेदवार बन्ने सम्भावना नरहेको वुझिएको छ । हमाल नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फबाट नै चुनाव लड्ने या समानुपातिक तर्फबाट उम्मेदवार बन्ने विकल्पहरु बजारमा आइरहेको थियो । हमालको झुकाव नेपाली कांग्रेसतर्फ देखिएता पनि चुनाव लड्ने सम्भावना भने नरहेको वुझिएको छ ।







शुक्रबार मात्र नायक हमालले नेपाली कांग्रेसका सभापती सुशिल कोइरालासँग करिब १ घन्टा भेट गरेका थिए । उनी निर्माता संघका अध्यक्ष राजकुमार राई र कलाकार निर शाहसँग कोइराला निवास पुगेका थिए । एकपटक असफल भैसकेको संविधान सभाको चुनावमा जानु उचित नहुने ठहर हमालको छ । सिने नगरीबाट बनाएको एउटा उचाई संविधाना सभाको भवनमा छिर्न साथ गीर्न सक्ने सोचाई हमालको छ ।



तर यसअघि नै एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका कलाकार निर शाह भने नेपाली कांग्रेसमा जाने वुझिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राइको पहलमा सुशिल कोइराला निवास पुगेका शाहले कांग्रेस प्रवेशको सोचाई बनाएका हुन् । केही दिनमै निर शाह कांग्रेस प्रवेश गर्न सक्ने वुझिएको छ ।


0 comments

Write Down Your Responses