National News
»
फेसबुकबाट पनि महिला बेचबिखनको जोखिममा-(सचेत बनौं)
फेसबुकबाट पनि महिला बेचबिखनको जोखिममा-(सचेत बनौं)
नपालगञ्ज -फेसबुकमा चिनचान भएकै आधारमा भक्तपुरकी २२ वर्षिया एक युवती एक व्यक्तिलाई भेटनका लागि भक्तपुरदेखि नपालगञ्ज सम्म पुगिन ।फेसबुकको चिनजानलाई माया प्रेममा परिवर्तन गरिसक्केकी ति युवती काठमाडौंदखि को नेपाल गन्जसम्मको बस यात्रा गर्छिन । नेपालगन्ज पुगेकी उक्त युवतीलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सीमापारी भारतीय बजार रुपैडिया जानेक्रकमा माईती नेपाल नेपालगन्जको पहलमा उनी बेचिनबाट रोकिन यसैगरी बर्दिया तारातालकी उच्चमाविमा अध्ययनरत एक युवती मोवाइल फोनमा चिनजान भएकै आधारमा एक युवकलाई भेटन नेपालगन्जसम्म पुगिन् । नेपालगन्जबाट सीमापार रुपैडिया जानेक्रममा दुबैजना माईती नेपालको पहलमा रोकिए । दुबै युवतीलाई प्रहरीले अभिभावकको जिम्मा लगाई घर फिर्ता पढाईसकेको छ ।
यि त हाम्रा समाजमा घटेका यस्ता घटनाका केही पात्र मात्र हुन्। पछिल्लोसमय आधुनिक तरिकाले मानव तस्करहुन् थालेका छन् । भनौं मानव तस्करहरुले आधुनिक प्रविधिलाई समेत उपयोग गर्न थालेका छन् । तस्करहरुले नयाँ नयाँ तरिका र मार्गहरु प्रयोग गर्ने गरेको मानव वेचबिखन विरुद्व कार्यरत सङ्घ संस्थाहरुले जनाएका छन् ।विगतमा गाउघरका नपढेका युवती बेचबिखनको जोखिममा भएपनि पछिल्ला घटनाले शिक्षित र आधुनिक युवती पनि बेचविखनको उच्च जोखिममा रहेको देखाउँछ ।
माईती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार फेसबुक र मोवाईलमार्फत चिनजानकै आधारमा नेपालगन्जसम्म पुगेका दुबै युवती बेचबिखनको उच्च जोखिममा रहेका छन् ।पहिलोभेटमै सीमापार पुर्याउन खोज्नु आफैमा जोखिमपूर्ण हो, संयोजक कोइरालाले भन्नुभयो,— प्रविधीको प्रयोग गरेर पछिल्लो समय युवतीलाई भारत पुर्याउन दलालहरु सक्रिय भएको पाइएको छ ।
नेपालगन्जमा मोवाईल फोनमा कुराकानी भएको आधारमा विवाह गर्छु भनेर पहाडी जिल्लाबाट महिला तथा युवतीलाई बोलाएर सीमापार गराउनेक्रममा ५ भन्दा बढिलाई माईती नेपालले सीमाबाट उद्वार गरेको जनाएको छ । मोवाईलमार्फत माया बसेर बहराईचमा पुर्याएकी प्युठानकी एक युवतीलाई पनि माइती नेपालले उद्वार गरेको थियो ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses