सहबासमा भारत पुछारमा, युरोपेली अब्बल


पुरुषका लागि लक्षित गरिएको एक भारतीय म्यागेजिन मेन्स हेल्थले गरेको विश्वव्यापी सर्भेक्षणले विश्वका विभिन्न देशका महिला तथा पुरुषको यौन सक्रियताका विषयमा अनौठो तथ्य सार्वजनिक गरेको छ । म्यागेजिनको सेप्टेम्बर अंगका छापिएको खबर अनुसार भारतका महिला तथा पुरुषहरु विश्वमा सबैभन्दा कम सेक्स गर्ने मानिसमा पर्छन् । भारतीयहरुले कम सेक्स गर्ने मात्र होइन उनीहरु सबैभन्दा कम सेक्स पार्टनर हुने मामिलामा पनि एकै नम्बरमा छन् ।



ग्लोबल सेक्स सर्भे नाम दिइएको उक्त सर्भेक्षण विभिन्न ३० देशका ५० हजार भन्दा बढि मानिसमा गरिएको बताइएको छ । जसमा सहभागीहरुलाई यौन सम्बन्धि धारणा तथा प्रयोगका विषयमा पनि सोधिएको थियो ।

सर्भेक्षणका अनुसार भारतीयहरुले औषतमा हप्तामा एक पटक भन्दा पनि कम सेक्स गर्छन् । सम्भोगको मामिलामा क्रोएसियाली महिला तथा पुरुष एक नम्बरमा छन् । दोश्रो स्थानमा गि्रक, तेश्रो स्थानमा डच, चौथो स्थानमा बेलायती तथा पाँचौ स्थानमा अमेरिकी मानिसहरु छन् ।

सर्भेक्षणले भारतीयहरु सहबासको सिलसिलामा निकै संकुचित हुने गरेको र ओछ्यानमा पर्याप्त मज्जा लिनबाट चुक्ने गरेको देखाएको छ । भारतीयहरुमा अधिकांसले यौन खेलौना प्रयोग नगर्ने तथा पाक क्रिडाका बेला चुम्बन गर्न पनि लजाउने गरेको अध्ययनको निष्कर्ष छ ।

४८ प्रतिशत भारतीय पुरुषहरुले आफ्नी पार्टनरले चरम उत्तेजना आएको नाटक गर्ने गरेको ठान्छन् । सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने आम भारतीय पुरुषको रोजाइमा कटरिना कैफ पहिलो नम्बरमा छिन् । यदि आफुले चुम्बन गर्न पाएमा कटरिनलाई गर्ने धेरै पुरुषको धारणा छ ।

सर्भेक्षण अनुसार इटालियनहरु मुख मैथुनको हिसाबले एक नम्बरमा छन् भने हात्तीको आशनमा सम्भोग गर्न फ्रान्सेलीहरु रुचाउँछन् । जबकी स्पेनिसहरु लोटस पोजिसनमा सहबासको मज्जा लुट्न चाहन्छन् ।


0 comments

Write Down Your Responses