दैलेखका प्रहरी निरीक्षकको गोली हानी हत्या


२४ असोज, काठमाडौं । दैलेखका प्रहरी निरीक्षक हेमराज भट्टको कार्यालय परिसरमै हत्या भएको छ । भट्टको उनकै अंगरक्षक कमल शर्माले गोली हानी हत्या गरेका हुन् ।  विहान ५ बजेतिर कमलले प्रहरी निरीक्षक भट्टमाथि गोली हानेका थिए ।
प्रहरी निरीक्षकको हत्यापछि कमलले आफैंलाई समेत गोली हानी आत्महत्या गरेका छन् । ‘कार्यालय परिसरमै भट्टको अंगरक्षकले हत्या गरेका हुन्’ दैलेख प्रहरी प्रमुख डीएसपी प्रज्वल महर्जनले अनलाइनखबरसँग भन्नुभयो–‘घटनापछि उनले पनि सुसाइड गरेका छन् ।’ घटनाको अनुसन्धान भइरहेको महर्जनले बताउनुभयो ।
प्रहरी निरीक्षक भट्टको टाउकोमा २ राउण्ड गोली लागेको छ । ‘विहान ५ बजेर ६ मिनेटतिर एक्कासी गोली पड्किएको आवाज आयो । हामी सबै दौडिएर जाँदा इनिस्पेक्टटर सावको हत्या भइसकेको रहेछ’ एक प्रहरी जवानले भने ।
भट्टको हत्यापछि अंकरक्षकले आफ्नो पेटमा गोली हानेका थिए । जसका कारण उनको पनि मृत्यु भएको छ । कमलले घटनामा एसएलआर प्रयोग गरेका थिए । प्रहरी निरीक्षक शर्मा २ तत्ते प्रहरी कार्यालयको तल्लो तलामा बस्नुहुन्थ्यो भने अंकरक्षक कमलको कोठा उनको सामुन्ने थियो ।
महेन्द्रनगर घर भएका प्रहरी निरीक्षक भट्ट गत वैशाखमा दैलेख खटिनु भएको थियो । प्राविधिक रुपमा कार्यरत दैलेखका प्रहरी जवान कमल झण्डै एक महिना अघि मात्र भट्टको अंगरक्षक बनेको प्रहरीको भनाइ छ ।


0 comments

Write Down Your Responses