Bichitra
»
बिहे गर्न पाउँ भन्दै हजारौं महिलाको जुलुस
बिहे गर्न पाउँ भन्दै हजारौं महिलाको जुलुस
गुसाउ, नाइजेरिया । बिहे गर्न पाउनुपर्ने माग गर्दै नाइजेरियाको जमफारा राज्यमा महिलाहरुले मार्चपास गरेका छन् । राजधानी गुसाउमा झण्डै ८ हजार महिलाले मार्च पास गर्दै धार्मिक पुलिस सक्षम ज्ञापन पत्र समेत बुझाएका छन् ।

जमफारा राज्यमा आंशिक रुपमा इस्लामी कानून लागू छ । त्यहाँको परम्परा अनुसार महिलाको विवाहमा फर्निचर ल्याउनुपर्छ तर, आफ्नो लागि बेहुला खोजिरहेका महिलाहरु यो खर्च जुटाउन सक्दैनन् । केटा खोज्न माग गर्दै निकालिएको र्यालीका सहभागीहरुमा विवाहका लागि जोडी खोजिदिने सँस्थामा संलग्नहरु पनि थिए ।
जमफारा विडोज एसोसिएसन नामको यो सँस्था छोडपत्र गरेका, विधुवा र अनाथ युवतीहरुका लागि योग्य मुस्लिम बेहुला खोजिदिने काम गर्छ । नाइजेरियाको पि्रमियर टाइम्सका अनुसार मार्चपासमा भाग लिएका महिलाहरुले भनेका छन्-’हामीहरुमध्ये धेरै महिलाका लागि विहान बेलुकाको खाना जुटाउन पनि मुस्किल छ । किनकी हामीलाई साहारा दिने कोही पुरुष छैनन् ।’
महिलाहरुको मागबारे सरकारले अध्ययन गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । राज्यको धार्मिक मामिलाका कमिश्नर अब्दुलाही मोहम्मद शिनकाफीले भनेका छन्-’यी विधुवाहरु विवाह गर्न चाहन्छन् । खासगरी नाइजेरियामा विवाहसँग जोडिएका कयौं यस्ता परम्परा छन, जसले धन माग्छ ।’ सरकारले गरीब मानिसहरुका लागि सहयोग गर्न सरकार हरसम्भव प्रयास गरेको र उनीहरुको मागबारे पनि ध्यान दिने बताए ।
बीबीसीका अनुसार नाइजेरियाको उत्तरस्थित कानो राज्यमा धार्मिक पुलिस बोर्डले नै गरीब विधुवा र छोडपत्र गरेका महिलाहरुका लागि सामूहिक विवाह आयोजना गर्छ । विवाहका लागि पुरुष, उसलाई दिनु पर्ने रकम र बेहुलीको तर्फबाट दिइने फर्निचरका खर्च पनि व्यहोर्छ । तर, जमफारा राज्यका धार्मिक मामिलाका कमिश्निर शिनकाफीले भने बजेट अभावका कारण महिलाहरुको माग तत्काल सम्बोधन गर्न गाह्रो हुने बताएका छन् ।
0 comments
Write Down Your Responses