हिउँदमा दैनिक १८ घन्टा लोडसेडिङ
|
२५ भदौ, काठमाण्डौं । उर्जामन्त्री, उर्जासचिव वा नेपाल विद्युत् प्राधिकरण प्रतिनिधिसँग धेरै सर्वसाधारणको प्रश्न हुन्छ, ‘लोडसेडिङ अन्त्य कहिले हुन्छ ?’ यसको स्पष्ट उत्तर उनीहरुसँग छैन् । जलाशययुक्त आयोजनाहरु बनेपछि मात्र लोडसेडिङ अन्त्य हुन्छ भन्ने उनीहरुको उत्तर सर्वसाधारणका लागि झन् अस्पष्ट र अन्योलपूर्ण छ । अझ प्राधिकरणले गरेको प्रक्षेपणमा त आगामी हिउँदमा दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने उल्लेख छ ।
अहिले वषर्ामा मात्र भारतबाट दैनिक १ सय १० मेगावाट विद्युत आयात गरेर चार घन्टा लोडसेडिङ गरिरहेको प्राधिकरणको आगामी हिउँदमा २ सय ५४ मेगावाटसम्म ल्याउने योजना रहेको राजधानी दैनिकमा खबर छ । भारतबाट सो परिमाणमा विद्युत आयात नगरे र कुलेखानीको जालशय नभरिए अगामी हिउँदमा प्राधिकरणले दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण गरिसकेको प्राधिकरणका अधिकारीले जनाएका छन्
|
0 comments
Write Down Your Responses