दीपिकाले दुइ करोडले जितिन क्याट्रिनालाई.. |
बलिउडमा नायीका दीपिका पादुकोनले क्याट्रिना कैफलाई पछि पारिदिएकी छिन। केहि समय अघि सम्म नं १ नायीकाको ताज पहिरिएकी क्याट्रिनालाई दीपिकाले चलचित्र र विज्ञापन बजारमा दोस्रो बनाइ दिएकी हुन्। यसै वर्ष मात्र नायीका दीपिका पादुकोनेका ३ चलचित्रले बलिउडमा सफलताका झण्डा गाडेका थिए। उनको चलचित्र रेस-२ ले बक्स अफिसमा सय करोड भारुको व्यापार गरेको थियो।
उनको अर्को चलचित्र 'ए जवानी दिवानी'ले पनि १९० करोड भारुको व्यापारक गरेको थियो। 'ए जवानी दिवानी'मा दीपिकाका पुर्व प्रेमी अर्थात नायीका क्याट्रिनाकी वर्तमान प्रेमी रणबिर कपुर पनि थिए। त्यसै गरि दीपिकाको पछिल्लो चलचित्र 'चेन्नइ एक्सप्रस'ले बक्स अफिसको सम्पुर्ण किर्तिमान भंग गरिदिएको छ। यो चलचित्रले 'एक था टाइगर' र 'थ्रि इडियट' जस्ता चलचित्रलाई पनि निकै पछाडी छोडिएको छ।
यसरी बक्स अफिसमा तहल्का मच्चाएकी दीपिकाको विज्ञापन बजारमा पनि ठुलो माग बढेको छ। बताइए अनुसार हाल सम्म क्याट्रिनाले गरिरहेको साबुनको विज्ञापनमा उनलाई हटाएर दीपिकालाई राखिएको छ। क्याट्रिना मात्र ४ करोड भारुमा उक्त विज्ञापन गर्न तयार थिइन्। सोही विज्ञापनको लागी दीपिकाले भने ६ करोड भारुको माग गरेकी थिइन्। तर चर्को मागका बाबजुत विज्ञापनमा दीपिकालाई नै अनुवन्धन गराइएको छ। यो अनुबन्धन पछि बलिउडमा दीपिकाले क्याट्रिनलाई २ करोडले जितेको चर्चा छ ।
0 comments
Write Down Your Responses