National News
»
विवादस्पद कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मा पदमुक्त
विवादस्पद कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मा पदमुक्त
१० असोज, काठमाडौं । सरकारले कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मालाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शर्मालाई पदमुक्त गरी स्वेदश फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाओवादीको सिफारिसमा राजदूत भएका शर्मालाई यसअघि नै माओवादी अध्यक्ष प्रचण्डले स्वदेश फर्कन निर्देशन दिनु भएको थियो । तर, शर्माले भने आफू एमाओवादीको कार्यकर्ता नभइ मुलुक प्रचण्डको ठाडो ओदशमा नर्फकने अभिव्यक्ति दिनु भएको थियो ।
कुटनीतिक अनुभव र पृष्ठभूमि नभएकी शर्मा नियुक्तिसँगै विवादमा पर्नुभएको थियो । उहाँले एक टेलिभिजन कार्यक्रममा कतारलाई ‘खुला जेल’को रुपमा टिप्पणी गरेपछि कतार सरकारले आपत्ति जनाएको थियो । सोही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै कतारले शर्मालाई फिर्ता बोलाउन नेपाल सरकारसँग आग्रह गरेको थियो ।
नेपाल फिर्ता नबोलाए कतारले नै फिर्ता पठाइदिने चेतावनी दिएपछि नेपाल सरकार अप्ठेरोमा परेको थियो । त्यसैगरी आफ्नो आलोचना गर्ने एक नेपालीलाई पक्राउ गरी नेपाल फिर्ता पठाइदिन आग्रह गरेको भन्दै कतारमा रहेका नेपालीहरुले पनि उनको आलोचना गर्दै आएका थिए । नेपाली कामदारलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै एमनेष्टी इन्टरनेशनलले समेत विज्ञप्ति निकालेर शर्माको विरोध गरेको थियो ।
बैठकले परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापालाई सार्कको महासचिवमा प्रस्ताव गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses