६५ वर्षीय बुद्ध नेतालाई माओवादीले दियो विहे गर्न अनुमति


२६ भदौ, काठमाडौ । नेकपा एकता केन्द्रबाट एकीकृत माओवादीमा प्रवेश गरेका माओवादी केन्द्रीय सदस्य शशि शेरचन ‘स्वनाम साथी’लाइ पार्टीले विवाह गर्ने अनुमति दिएको छ । ३५ वर्षीया युवतीसंग दश वर्षयता ‘लिभिङ टुगेदर’का रुपमा बसिरहेका स्वनाम साथीलाइ एमाओवादीको हिजो बसेको बैठकले बिहे गर्ने अनुमती दिएको आज प्रकाशित जनआस्था साप्ताहिकमा खबर प्रकाशित छ ।

लामो समयदेखी संगै बस्दै आएका स्वनाम साथीको निबेदन अनुसार नै पार्टीले अनुमती दिएपछि स्वनामसाथी बिहेगर्ने मनस्थितीमा पुगेका बताइएको छ । स्वनाम साथी दाङ घर भएकी किरण गौतमसंग दशवर्ष देखी बस्दै आएका थिए ।

माओवादीले दिएको स्वीकृति अनुसार उनिहरुबीच विवाह भयो भने उमेरको भिन्नता ३० वर्ष हुनेछ । नेकपा माओवादीले संचालन गरेको शान्ति अभियानका दौरान बायो इन्जिनियर किरणले स्वनामसाथीलाइ मनपराएपछि उनिहरु संगै बस्न थालेका थिए ।यदी स्वनामसाथी र किरण गौतमबचि विवाह भएमा बृद्ध अवस्थामा विवाह गर्ने दोस्रो कम्युनिष्ट नेता हुनेछन् । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले पनि बृद्धअबस्थामा पुगेपछि बिवाह गर्नेछन ।


0 comments

Write Down Your Responses