धर्मपत्निलाइ काखी च्यापेर खिलराज रेग्मी अमेरीका जादै


काठमाडौं, ८ असोज । बिबादका बीच अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी अमेरीका जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी पर्सी बिहीबार न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।



अध्यक्ष रेग्मीले महासभालाई यही असोज १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव अम्बिकादेवी लुइँटेलले जानकारी दिइन । महासभालाई सम्बोधन गरेर अध्यक्ष रेग्मी असोज १३ गते स्वदेशका लागि प्रस्थान गर्ने र असोज १५ गते स्वदेश आइपुग्नुहुने छन् । अध्यक्ष रेग्मीका साथ उनकी धर्मपत्नी, शिष्टाचार महापाल, अध्यक्ष रेग्मीका सुरक्षाकर्मी पनि न्युयोर्क जाँदै छन् ।

परराष्ट्र सचिव अर्जुनबहादुर थापा, उक्त मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख दीपक धिताल र सोही महाशाखाका उपसचिव विष्णु गौतम न्युयोर्क प्रस्थान गरिसकेका छन् । अध्यक्ष रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत अधिकारी सामेल हुनेछन् ।


0 comments

Write Down Your Responses