गुगलले यसरी निल्दैछ मान्छेको दिमाग
सूचना प्रविधिको यो दुनियामा अहिले इन्टरनेटको पहुँच भएका मान्छेका लागि कम्प्युटरको स्त्रिmनमा विश्व अट्न सक्छ । आफुले खोजेको सूचना वा जानकारी एक क्लिकको भरमा पाउन सकिन्छ । यसले एकातर्फ मानिसको ज्ञानको दायरामा वृद्धि गराएको छ भने यसका विभिन्न खाले नकारात्मक पक्ष तथा जोखिम पनि छन् ।
इन्टरनेटले तिब्र रुपमा मानिसको स्मरण शक्तिमा क्षयिकरण गरिरहेको छ । खासगरी इन्टरनेटकै उपलब्धताका कारण विश्वको इतिहासका विभिन्न खाले परिवर्तनगामी घटनाहरुको बारेमा पनि मान्छेलाई स्मरण हुन छाडेको छ । यस्तो स्मरण शक्तिको क्षयिकरणको मुख्य दोषी गुगल रहेको विज्ञहरुले बताएका छन् ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार विभिन्न खाले जानकारी तथा सुचनाका लागि गुगल सर्चमा भर पर्ने बानीको विकाश हुँदै जाँदा मानिसको स्मरण शक्ति गुम्दै गएको छ । सर्भेक्षणका क्रममा २ हजार जना मध्ये आधा भन्दा कमले मात्र बेलायतकी चर्चित पूर्व युवराज्ञी डायनाको मृत्यु भएको वर्ष सही भन्न सके । धेरै वर्ष नबितेको अर्थात् १९९७ को यो घटना समेत धेरै बेलायतीलाई सम्झना नरहेको अध्ययनले देखायो ।
सर्भेक्षणको क्रममा प्रश्न सोधिएका मध्ये धेरैले अमेरिकाको वल्र्ड ट्रेड सेन्टरको भवनमा भएको आतंकवादी हमलाको वर्ष तथा मिति समेत बताउन सकेनन् । अझ बर्लिनको पर्खाल कहिले ढल्यो ? भन्ने प्रश्नमा त सबैजसो अवाक् रहे । धेरै जसोले यस्ता मिति इन्टरनेटमा सजिलै खोज्न सकिने भएकाले आफुले सम्भिmने वा घोक्ने कष्ट नगरेको जवाफ दिए ।
शोधकर्ताहरुका अनुसार अहिलेको इन्टरनेट भोगी पुस्ताको मन मस्तिष्कबाट विश्वको इतिहासका विभिन्न महत्वपूर्ण तथा चर्चित घटनाक्रमहरुको बारेको स्मरण समेत हराउँदै गएको छ । इन्टरनेटको विकाश सँगै विद्यार्थीको घोक्ने वा सम्भिmने पुरानो शैलीमा समेत आमूल परिवर्तन आएको उनीहरु बताउाछन् ।
0 comments
Write Down Your Responses