४७ हतियारधारी तालिवानी विद्रोहीलाई खुकुरीको भरमा लडेर जित्ने गोर्खा सैनिक तुलजंग गुरुङले पाए बेलायतको उच्च सैनिक सम्मान


१८ असोज, काठमाडौं । अफगानिस्तानमा तालिवानी विद्रोहीसँग वीरतापूर्वक लडेर चर्चा कमाएका बेलायती गोर्खा सैनिक तुलजंग गुरुङले बेलायतको उच्च सैनिक सम्मान प्राप्त गरेका छन् ।



अफगानिस्तानको हेलमन्द प्रान्तस्थित बेलायती सैनिक बेसमा आक्रमण गर्न आएका एके-४७ हतियारधारी तालिबान विद्रोहीसँग खुकुरीको भरमा लडेर विद्रोहीलाई मारेका तुलजंगलाई बेलायत सरकारले बेलायतको तेस्रो ठूलो सैनिक सम्मान ‘मिलिटरी क्रस’ प्राप्त गरेका हुन् ।

२८ वर्षे गुरुङले अफगानिस्तानमा देखाएको साहस र वीरताको सम्मान गर्दै बेलायत सरकारले उनलाई उच्च सैनिक सम्मान प्रदान गरेको हो । बेलायती सेनाको लेन्स कर्पोरल पदमा कार्यरत गुरुङको वीरताको सम्मान गर्दै बेलायती सेनाको उच्च सैनिक अधिकारीले उनको निस्वार्थी साहसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताएका छन् ।

बेलायत सरकारले गुरुङसँगै अन्य ११७ जना सैनिकलाई उक्त सम्मानबाट सम्मानित गर्ने भएको छ ।


0 comments

Write Down Your Responses