Entertainment
»
स्तनको प्रयोजन शिशुका लागि दूध बनाउनु मात्रै होइन...
स्तनको प्रयोजन शिशुका लागि दूध बनाउनु मात्रै होइन...
किशोरवस्थामा प्रवेश गरेपछि हार्मोनको प्रभावले युवतीहरूको छातीमा स्तनको विकास हुन थाल्छ। स्तनको मुख्य प्रयोजन शिशुका लागि दूध बनाउनु हो, यद्यपि यसले यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरू बताउँछन्। स्तनको वृद्धि ११ वर्षमा सुरु भएर १५ वर्षसम्म हुन्छ। स्तनसँग महिलाको आत्मसम्मान जोडिएको हुन्छ, स्तन साह्रै सानो भए वा अत्यधिक ठूलो भए त्यसले महिलालाई एक प्रकारको तनाव दिन्छ।
व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा पर्याप्त विविधिता पाइन्छ। स्तनमा भएका तन्तुका आधारमा यो ठूलो वा सानो हुन्छ। सामान्यतः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्- स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्न, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, हार्मोनको प्रभाव। स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ। किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाको स्तनभन्दा कडा हुन्छ। उमेर बढ्दै गएपछि खदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ।
0 comments
Write Down Your Responses