१२ वर्षदेखि लागू औषध कारोबारमा कारागारबाट ग्राहक खोज्ने


काठमाडौं, भाद्र १७ - राजधानीमा लागुऔषधको सञ्जाल बिस्तार गर्दै आएका एक मुख्य तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्युरो नयाँबानेश्वरले १२ वर्षदेखि राजधानीमा औषधिजन्य लागूऔषध भित्र्याउँदै आएको आरोपमा पर्सा वीरगञ्जका वीरेन्द्रकुमार क्षेत्रीलाई पक्राउ गरेको हो । लागुऔषधको तस्करी र बिक्री बितरणबाट उनले ३ करोड बराबरको कारोबार गरेको प्रहरीको अनुमान छ ।



उनले आफ्ना दाई धिरेन्द्र क्षेत्रीलाई समेत कारोबारमा समाबेस गराएका छन् । प्रहरीले क्षेत्री गिरोहमा बसेर काम गर्ने बाँकी ३ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ रझेनाका नारायण श्रेष्ठ, दाङकै पुजा नेपाली र रुकुमकी सरिता बुढा छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार ६ सय एम्पुल बुप्रेनफिन, डाइजेपाम र २ सय ग्राम लागु खैरो हेरोइन बरामद गरेको छ । नेपालीलाई श्रेष्ठले दाङबाट जागिर लगाइदिने भन्दै ल्याएको र बुढा मगर जापनिज भाषा पढ्न रुकुमबाट आएको प्रहरीले जनाएको छ ।

ब्युरोका प्रमुख डिआइजि प्रतापसिंह थापाका अनुसार राजधानी भित्रिने ६५ प्रतिशत लागुऔषध क्षेत्रीको गिरोहले भित्र्‍याउने गर्छ । 'क्षेत्री लागुऔषध तस्करीका मुख्य नाइके हुन्' डिआइजी थापाले भने- 'आफ्नो नाम फेरेर यिनले तस्करी गर्दै आएको देखियो ।' रक्सौल, वीरगञ्जमा मुख्य आश्रयस्थल बनाएका क्षेत्री लागुऔषध तस्करको सञ्जालमा रुपेश, शेखर, राजा, राजु र निर्मल लगायतका उपनामबाट परिचित थिए ।

१२ बर्ष अघिदेखि औषधीजन्य लागुपदार्थको कारोबार गर्दै आएका क्षेत्री यसअघि पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ । ब्युरोका अनुसार क्षेत्री १२ बर्ष अघि वीरगञ्ज बसपार्कमा टिकट बेच्ने काम गर्थे । २०६२ सालमा मकवानपुर जिल्लाले ३ हजार थान बुप्रेनफिर्न सहित उनलाई पहिलो पटक पक्राउ गरेको थियो । २ बर्ष कैद र एक लाख रुपैंया जरिवाना तोकिएका उनी २०६४ साउनमा वीरगञ्ज कारागारबाट रिहा भएका थिए । त्यसपछि उनी पुन लागुऔषध कै कारोबारमा फर्किएको प्रहरीले जनाएको छ ।

ब्युरोका अनुसार यिनले कारागाबाट छुटेपछि सञ्जाल अझ बिस्तार गरी कारागारसम्म पुर्‍याएको डिआइजि थापा बताउँछन् । राजधानीका केन्द्रीय कारागार, नख्खु र डिल्लीबजार कारागारमा गएर यिनले पुराना लागुऔषध तस्करीलाई भेटेका थिए । 'लागुऔषध कै मुद्धामा कारागार परेकाहरुलाई भेटेर बाहिर रहेका कारोबारी र प्रयोगकर्ताको बारेमा जानकारी लिएको पाइयो' थापाले भने 'कैदीहरुले पैसा पाउने भएपछि बाहिर रहेको गिरोहसँग क्षेत्रीको सम्पर्क बनाइदिए ।' प्रहरीका अनुसार लागुऔषध बेचेर प्राप्त हुने रकम उनले बिभिन्न बैङकमा खाता खोलेर लिने गरेका छन् । खाता नातेदार, श्रीमती वा छिमेकीको नाममा खोलेर त्यसबाट कारोबार गरेको पाइएको छ । 'खाता धनीलाई २/४ हजार रुपैंया दिएपछि सबै खाता आफ्नो जस्तै बनाएर सञ्चालन गरिएको पाइएको छ' डिआइजि थापाले भने 'नेपाल र भारतका झण्डै आधा दर्जन बैङकमा खाता रहेछन् ।'

प्रहरीका अनुसार उनले नेपाल एसबीआई बैङक, सिदार्थ बैङक, एभ्रेष्ट बैङक, ईन्भेष्टमेन्ट बैङक, एलआइसि इण्डिया र साहारा ईण्डिया जस्ता बित्तिय संस्थामा समेत खाता फेला परेको छ । यी सबै खातामा कारोबार यिनका दाई धिरेन्द्रले हेर्दै आएका थिए । क्षेत्रीले वीरगञ्ज बाहेक पुर्वको बिराटनगरबाट समेत लागुऔष काठमाडौं भित्र्याउने गरेको प्रहरी जनाउँछ । उनले रक्सौलबाट काठमाडौं सामान बोकेर आउने ट्रक चालकलाई पैसा दिएर लागुऔषध लुकाउने ठाउू बनाई राजधानी भित्र्‍याउने गरेका थिए ।

कारागारका को/को छन् सञ्जालमा ?

प्रहरीका अनुसार कारागार भित्रै बसेर क्षेत्रीसंग मिलेर लागुऔषधको धन्दा गर्ने २७ जना छन् । तिनीहरु ३ वटा कारागारमा अलग अगल छन् । उनीहरुले वीरगञ्जबाट क्षेत्रीले पठाएको लागुऔषध बिक्रिका लागि ग्राहक र बेच्ने मान्छे खोज्ने काम गर्छन् । त्यसका लागि यिनीहरुले आफ्नै नातेदार वा साथीलाई माध्यम बनाएको प्रहरी बताउूछ । केन्दि्रय कारागारमा नबिन गुरुङ, अबधेष, चन्द्र पोडे, फिरोज आलम र चन्द्र मिजारले काम गर्छन् । यिनीहरुले कारागार भित्र रहेका अन्य लागुऔषध कारोबारी कैदीसग मिलेर बाहिर मानिस खोज्ने काम गर्छन् । यस्तै पप्पु यादब, सोमराज लामा, राजन गुरुङ, धनमाया नहर्की, पुरुषोत्तम पाण्डे, सीता मिजार पाण्डे छन् । लागुऔषधमै कारागार परेका विराट नेपाली, सुबास श्रेष्ठ, बिनोद श्रेष्ठ लगायत रहेको प्रहरीले जनाएको छ ।


0 comments

Write Down Your Responses