आजको पञ्चाङ्ग र राशीफल, २०७० साल भाद्र १७ गते सोमबार, तदनुसार सिताम्वर २ सन् २०१३,




आजको पञ्चाङ्गआज मिति २०७० साल भाद्र १७ गते सोमबार, तदनुसार सिताम्वर २ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको द्वादशी तिथि १७ घटि ५५ पला अर्थात दिहान १२ बजेर ५३ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३१ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४३ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २२ हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नकरात्मक सोचाइले गर्दा कार्य अस्तव्यस्त, आम्दानी भन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हुदै जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अनावश्यक झमेलामा फसिनेछ, काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिन सबै प्रकारले शुभ छ, लगानी गरेको जुनसुकै व्यवसायवाट पनि लाभ पाउनुहुने, धार्मिक यात्रा हुने ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह हुन सक्नेछ, इज्जतमा दाग लाग्न सक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समय महत्वपूर्ण रहेकोछ, प्रेमीका भेट हुनाले दिन खुसीयालीमा बित्नेछ, धार्मिक कार्यको पनि लगाव बढ्ने ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा, पेटमा गडबढ हुन सक्नेछ खानामा सावधानी अपनाउनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

एक्कासी नयाँ खालको रोग देखा पर्नेछ, दिन विवादित छ साथीहरुसंग कलह हुन सक्नेछ सतर्क रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

एकमुष्ट रकम संकलन, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ उपयोग गर्नु राम्रो हुन सक्छ ।

आजको साइत:

आज उत्तर र पश्चिम दिशाको यात्रा बाहेक अन्य कुनैपनि दिशाको यात्रा गर्नु शुभ हुने छैन ।

आजको शुभ, लाभ र अमृत बेला:

आज २०७० साल भाद्र १७ गते सोमबार बिहान ५:४३ बजेदेखि ७:१३ बजेसम्म अमृत बेला, बहानमा ७:१३ बजेदेखि ८:४३ सम्म काल बेला, बिहानमा ८:४३ बजेदेखि १०:१३ बजेसम्म शुभ बेला, बिहानमा १०:१३ बजेदेखि ११:४३ बजेसम्म रोग बेला, बिहान ११:४३ बजेदेखि दिनमा १:१३ बजेसम्म उद्वेग बेला, दिनमा १:१३ बजेदेखि २:४३ बजेसम्म चर दिनमा २:४३ बजेदेखि ४:१३ बजेसम्म लाभ साँझ ४:१३ बजेदेखि ५:४३ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय:बिहानमा ७:३० बजेदेखि ९:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । राशिफलमा जे जस्तो बताईएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गरेर अगाडी बढ्नुहोला सफल्ता तपाईको पक्षमा रहने छ । तपाईको आजको दिन शुभ रहोस, धन्यवाद ।


0 comments

Write Down Your Responses