गगन थापा काठमाडौं ४ वाटै चुनाव लड्ने


१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधान सभाको निर्वाचनमा उम्मेदवारी दिनु हुने भएको छ । क्षेत्रीय समितिको सिफारिसका आधारमा पार्टीको संसदीय बोर्डको बैठकले थापालाई काठमाडौं ४ को टिकट दिएको हो । बोर्डको वैठकमा महामन्त्री प्रकाशमान सिंहले भने थापालाई नभई पूर्व सभासाद सुप्रभा घिमिरेलाई टिकट दिनु पर्ने अडान राख्नु भएको थियो । घिमिरेले समेत आफूलाई उम्मेदवार बनाउनु पर्ने भन्दै पार्टीमा निवेदन दिनु भएको थियो । एमाओवादीले काठमाडौं ४ मा पूर्व लडाकू प्रमुख नन्दकिशोर पुन पासाङलाई उम्मेदवार बनाउने लगभग पक्का छ ।



कांग्रेस संसदीय बोर्डले काठमाडौं क्षेत्र नम्बर १ वाट प्रकाशमान सिंह, क्षेत्र नम्बर २ वाट नेविसंघ पूर्वमहामन्त्री प्रतिमा गौतम, क्षेत्र नम्बर ३ मा चक्र ठकुरी, क्षेत्र नम्बर ५ मा नरहरि आचार्य, क्षेत्र नम्बर ६ मा भिमसेन दास प्रधान, क्षेत्र नम्बर ७ मा प्रमिलासिंह डंगोल, क्षेत्र नम्बर ८ मा नविन्द्रराज जोशी, क्षेत्र नम्बर ९ मा ध्यानगोविन्द रञ्जित र क्षेत्र नम्बर १० मा राजन केसीलाई टिकट दिएको हो ।


0 comments

Write Down Your Responses