Health
»
पोर्न फिल्म हेर्नु ड्रग्स खाएजस्तै
पोर्न फिल्म हेर्नु ड्रग्स खाएजस्तै
यदि तपाइको पोर्न फिल्म वा अन्य पोर्न सामाग्री हेर्ने लत छ भने सावधान । यस्ता पोर्न सामाग्री हेर्ने लतको असर लागु पदार्थको कुलतको जस्तै हुने र त्यसले सरीरमा ठ्याक्कै त्यस्तै असर पूराउने एक अध्ययनले देखाएको छ ।

बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले एडल्ट भिडियो हेर्नु ड्रग्स लिनु जस्तै भएको तथ्य पत्ता लगाएको हो । शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने बेलामा मस्तिष्कबाट एउटा यस्तो प्रकारको रसायन उत्सर्जन हुन्छ त्यसले मस्तिष्क तथा सरीका अन्य भागमा पार्ने प्रभाव ड्रग्स लिएकेा वा रक्सी पिएको बेलाको जस्तै हुन्छ ।
शोधकर्ता जुडिट रिसम्यानले त्यस रसायनको नाम इरोटोक्सिन राखेका छन् । उनका अनुसार यौन गतिविधिका दौरान इरोटोक्सिनले मस्तिष्कमा प्रभाव पार्न थाल्छ जसले व्यक्तिमा नशा लिएको जस्तो अनुभुति गराउँछ ।
नियमित रुपमा पोर्न सामाग्री हेर्ने मानिसको मस्तिष्कमा त्यस्तो क्रियाको लत बस्छ र व्यक्ति लागु औषधका प्रयोगकर्ताले ड्रग्स लिनैपर्ने भएजस्तै पोर्न फिल्म नहेरी बस्नै सक्दैन । शोधकर्ताहरुका अनुसार विश्वमा यस्तो देश छैन जहाँ पोर्न सामाग्री नपुगेको होस् । मानिसहरु यस्ता भिडियो, तस्वीर आदि हेर्नका लागि लालायित हुन्छन् । पोर्न सामाग्री हेर्नु ड्रग्स खानुजस्तै भएपछि यस्ता सामाग्री बेच्नु लागु औषधको कारोबार गर्नु सरह रहेछ हैन छ ?
0 comments
Write Down Your Responses