Bichitra
»
९६ वर्षमा छोरो पाएका बाउको स्वास्नीले छाडेपछि कन्तबिजोग (फोटोफिचर सहित)
९६ वर्षमा छोरो पाएका बाउको स्वास्नीले छाडेपछि कन्तबिजोग (फोटोफिचर सहित)
९६ वर्षको उमेरमा बच्चा जन्माएर विश्वको सबैभन्दा बुढो बाउ बन्न सफल भएका भारतका रमाजित राघबको विचल्ली भएको छ । कान्छी श्रीमतीले छाडेर गएपछि ती बुढाको विजोग भएको हो ।
सन् २०१० मा ९४ वर्षको उमेरमा बच्चा जन्माएपछि ती वृद्धले विश्वव्यापी चर्चा कमाएका थिए । गएको वर्ष उनकी कान्छी श्रीमती सकुन्तला देवीले दोश्रो बच्चा जन्माएपछि त राघबको चर्चा झनै चुलिएको थियो । तर छोरा जन्मेको वर्षदिन नपुग्दै कान्छी श्रीमती सकुन्तला काखे छोरो लिएर बेपत्ता भएकी छिन् ।
अघिल्लो वर्ष यहीँ समयमा कान्छो छोरो जन्मिँदा आफु निकै खुसी रहेको तर यो वर्ष भने आफ्नो साथमा घरका भित्ता बाहेक कहीँ नहुँदा निकै दुखी भएको उनको भनाइ छ । हुनत कान्छो छोरो जन्मिएको केही समयमै उनको जेठो छोरो हराएको थियो । सकुन्तलाले जेठो छोरालाई अस्पतालमा उपचार गराएर फर्किँदा बसमा निदाएपछि छोरो हराएको थियो । छोरो हराएपछि राघब र सकुन्तला निकै बिरक्तिए, धेरै ठाउँमा खोजे तर फेला परेन । कान्छो छोरो छँदैछ भनेर चित्त बुझाउँदै थिए दम्पति । तर एक्कासी कान्छो छोरो र श्रीमती पनि हराएपछि वृद्ध राघब विचल्लीमा परेका छन् । आफु बर्बाद भएको, श्रीमतीबीना आफु असहाय भएको र अब आफ्नो संसार टुंगिन लागेको उनी बताउँछन् ।
हरियाणाका बासिन्दा राघब सुकुम्बासी हुन् र मासिक ६५० भारु सरकारी भत्ता खान्छन् । उनले २३ वर्षअघि सकुन्तालालाई बिहे गरेका थिए । आफु हराएकी श्रीमतीलाई ढोकामा कुरेर बसिरहेको बताउँदै उनले श्रीमती छिटै फर्किने आशा राखेका छन् ।
0 comments
Write Down Your Responses