बाराका एमाले उमेद्धवार महम्मुद आलमको स्वास्थ्य अबस्था झन गम्भिर,बाच्ने अबस्था ज्यादै कम


काठमाडौं, १९ असोज । बाराका एमाले उमेद्धवार महम्मुद आलमको स्वास्थ्य अबस्था झन् बिग्रिएको छ । शिक्षण अस्पताल महाराजगंजले आज पत्रकार सम्मेलन गरी आलमको अबस्था हिजोको भन्दा पनि आज थप जटिल बनेको जानकारी दिएको हो ।



आलमको स्वास्थ्य अबस्था अत्यन्तै जटिल भएको उपचारमा सम्लग्न चिकित्सक डाक्टर सुबास आर्चायले जानकारी दिए ।उनका अनुसार आलम बाच्ने अबस्था ज्यादै कम छ । आलम अहिले अस्पतालको आइसीयुमा छन् ।

उनीमाथि हिजो बारामा अज्ञात समुहले गोली हानेको थियो । टाउकोमा गोली लागेका उनलाइ सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ ल्याइएको थियो ।

काठमाण्डौ ल्याए लगत्तै शिक्षण अस्पतालमा भर्ना गरिएका उनको हिजै टाउकोको अप्रेशन गरीएको थियो ।


0 comments

Write Down Your Responses