सेक्स लत छ ? साबधान ! बलात्कारी भइएला..


तपाईंलाई छिनछिनमा सेक्स गर्ने इच्छा जाग्ने, सुन्दर महिला–पुरुष देख्नेबित्तिकै उत्तेजित हुने, अश्लील भिडियो, अश्लील पत्रपत्रिका वा अश्लील चित्र हेर्ने इच्छा लागिरहन्छ ? यदि यस्तो हुन्छ भने तपाई सावधान रहनु पर्ने हुन्छ, यसको संकेत तपाईंमा सेक्सको लत बस्दै छ भन्ने हो । याद गर्नु होस् तपाईमा रक्सी, चुरोट वा लागूऔषधको जस्तै सेक्सको पनि लत बस्न सक्छ ।



मानिसमा सेक्स प्रति बढी चाँसो हुनु अथवा लतमा परिणत हु्नुलाई सेक्सुअल एडिक्सन भनिन्छ । सामान्य अर्थमा सेक्स मानिसको कन्ट्रोल भन्दा बाहिर जानु नै सेक्सको लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बस्ने गर्दछन् । अश्लीलतामा फसेका मानिसहरुको अश्लील फिल्म वा साइट हेर्नु दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन ल्याउन थाल्दछ ।

यसको असरले मानिसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुन्छ । सेक्सले लतको रुप लियो भने त्यसको परिणामा घातक समेत बन्न सक्छ । सेक्स लतमा फसेका मानिसहरु बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरु प्रायः एक्लै बस्न रुचाउँने । प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार पनि बन्ने गर्दछन् । त्यस्तै महिलाहरुमा सेक्स लत लागेमा उनीहरु बग्रिने सम्भावना अत्याधिक रहन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरु यौन व्यवसायमा लाग्ने सम्भावना अत्याधिक रहने विज्ञहरुको भनाइ छ ।

कसरी शुरु हुन्छ त सेक्स लत

मानिसमा सेक्सको लत प्रायः युवा अवस्थामा हस्तमैथुनबाट शुरु हुन्छ । सामान्यतयाः १६ बर्षदेखि ४० वर्षसम्मका व्यक्तिमा यो लतको प्रत्यक्ष प्रभाव पर्दछ । युवा अवस्थामै यस्तो लतमा फसेका यकतिपय विवाहित पुरुषले बिवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ । तर, पुरुष प्रधान समाज भएको कारणले हाम्रो समाजमा प्रायः पुरुषको सेक्स लत भने गुपचुप रहन्छ ।

सेक्स लतको परिणाम

एक अध्ययन अनुसार सेक्स लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्स लत लागेका करिव ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिव ४० प्रतिशतको पारपाचुके (डिभोर्स) नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिव ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लागेको पनि उक्त अध्ययनले देखाएको छ ।


0 comments

Write Down Your Responses