कोरियामा नेपाली कामदार तेस्रो स्थानमा
कोरिया, १९ असोज । रोजगार अनुमति प्रणली इपीएस मार्फत रोजगारीका लागि कोरिया आउने प्रवासीमध्ये औद्योगिक उत्पादन क्षेत्रमा नेपाली कामदार तेस्रो प्राथमिकतामा परेका छन् ।
यहाँका साना तथा मझौला उद्योगअन्र्तगत औद्योगिक उत्पादन क्ष्इोत्रमा इन्डोनेसिया र फिलिपिनी कामदारपछि नेपालीहरु रोजगारदाताको प्राथमिकतामा रहेको रोजगार प्रशिक्षण केन्द्र कोरियाको तथ्यांकमा उल्लेख छ । कृषि क्षेत्रमा भने नेपाली कामदार पहिलो प्राथमिकतामा छन् ।
तथ्यांक अनुसार २०१३ को जनवरीदेखि सेप्टेम्बरसम्ममा औद्योगिक उत्पादन क्षेत्रमा इन्डोनेसियाका ५ हजार ९६, फिलिपिनका ४ हजार ९ सय ६६ र नेपालका २ हजार ९ सय ५५ जना भित्रिएका कान्तिपुर दैनिकमा समाचार छ । सेप्टेम्बरमा मात्र नेपाली कामदार ४ सय ८७ जना कोरिया प्रवेश गरेका साना तथा मझौला उद्योगमा कार्यरत वाङन्दी लामाले बताए ।
मिहेनती र इमान्दार भएकै कारण नेपाली कामदार पनि अधिकांश उद्योग सञ्चालकको रोजाईमा पर्ने गरेको अधिकांश रोजगारदाताको भनाई छ । खस्कँदो अर्थतन्त्रका कारण कोरियन युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दै गएपनि विदेशी जनशक्तिको माग बढिरहेको छ ।
0 comments
Write Down Your Responses