छोराको मृत्यु भएको १८ वर्ष भैसक्दा पनि आमाले नै बनाएर राखेकि छिन्,, ममी तर किन ?


भाद्र २५– यो संसारको हरेक कुनामा गएर खोज्नुस,् तर तपाईले आमाले जति चोखो र निस्वार्थ माया गर्ने अरु कोही पाउनु हुन्न । त्यसैले त भनिन्छ, आमा ममताको खानी हो भनेर । मिररको खबर अनुसार एक आमाले आफ्नो छोराको मृत्यु भएको १८ वर्षपछि पनि अन्तिम संस्कार गरेको छैन । यस आमाले आफ्नो छोरालाई ममी बनाएर घरमा नै सुरक्षितका साथ राखेकि छिन् ।



२२ वर्षको उमेरमा नै जोनी बाकाराद्जेको मृत्यु भएको थियो । तर परिवारले जोनीको अन्तिम संस्कार अहिलेसम्म गरेका छैनन् । उनीहरुका अनुसार यस्तो गरेमा जोनीको छोरा आफ्नो बुवालाई माया गर्न सक्ने बताएका छन् । यति मात्र नभई जोनीको आमाले जोनीको जन्मदिनमा उसको कपडा पनि परिवर्तन गरिदिने गर्छिन् ।

त्यस आमाका अनुसार यस्तो गर्नु अब आफ्नो जिन्दगीको हिस्सा नै भएको बताएकी छिन् । ती आमाका अनुसार जोनीको छोराले उसलाई सधै माया गरोस् भन्ने चाहना जोनीको थियो । यसै कारण जोनीको आमाले १८ वर्षसम्म पनि उसको अन्तिम संस्कार गरेको छैन । ( एजेन्सीको सहयोगमा )


0 comments

Write Down Your Responses